२६ फागुन २०७५, काठमाडौं,
हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले आयोजना गरेको आठौँ नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७५ सम्पन्न भएको छ । गोजु–काइ कराते प्रतियोगिताको यस श्रृङ्खला अन्तर्गत उपत्यकाका ३० वटा विद्यालय तथा डोजोका खेलाडीहरुले १९ स्वर्ण, १९ रजत तथा ३८ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ के.जी. तथा खुल्ला एवम् महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५ र ५० के.जी. तथा खुल्ला समृ्हमा गरी २०० जना भन्दा बढी खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । ६ स्वर्ण, १ रजत र १ कास्य पदक सहित चिल्ड्रेन्स मोडेल स्कुलले प्रथम, नवज्ञानभुमिले ४ स्वर्ण, ६ रजत र ३ कास्य पदक सहित द्वितीय तथा श्री बाँसबारी मा.वि.ले ३ स्वर्ण, २ रजत र ८ कास्य पदक सहित तृतीय भई ट्रफी चुम्न सफल भए । त्यसैगरी पुरुषतर्फ नेसनल युनाइटेड स्कुलका खेलाडी रिकोन राई तथा महिलातर्फ चाँदबाग स्कुललकी खेलाडी आयृ्षी अधिकारी उत्कृष्ट खेलाडी घोषित भई ट्रफी प्राप्त गर्न सफल भए ।
नेपाल गोजु-काइ कराते महासंघका अध्यक्ष श्री अशुराज श्रेष्ठको सभापतित्व तथा संविधान सभाका पृ्र्व सदस्य एवम् नेपाल सितेरियो कराते डो एसोसिएसनका संस्थापक सदस्य श्री मोहन कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विजेता खेलाडीहरूलाई प्रदेश ३ का प्रदेश सभा सदस्य श्री भीमसेन खत्री, नेपाल गोजु-काइ कराते महासंघका वरिष्ठ सल्लाहकार अशोक कुमार पाण्डे, नेसनल युनाइटेड स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह प्राध्यापक रेवती प्रसाद दाहाल, नेसनल युनाइटेड स्कुलका संस्थापक जे.बी. हमाल लगायतले प्रमाणपत्र, मेडल एवम् ट्रफी वितरण गर्नु भएको थियो । विविध सा“स्कृतिक कार्यक्रम सहित सम्पन्न भएको कार्यक्रममा अतिथि वक्ताहरूले विद्यार्थी जीवनमा खेलको महत्व माथि प्रकाश पार्नु भएको थियो ।