२६ फाल्गुन २०७५, काठमाडौं
पूर्वी पहाडको सर्वाधिक राशीको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको पाँचौ संस्करण आइतबारदेखि सुरु हुने भएको छ ।
खेल इलामस्थित ठुलो रंगशालामा दिउँसो ३ बजबाट सुरु हुने बताईएको छ । प्रतियोगिताको पहिलो खेलमा माईभ्याली क्लबले भारत दार्जिलिङ युनाईटेडबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने तय भएको आयोजकले जनाएको छ ।
२०७१ सालदेखि सुरु भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबसहित पहिलो संस्करणको विजेता विभागीय टोली त्रिुभवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्बल, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर९केएफसिटी० झापा, हिमालयन शेर्पा, दाफिन्स क्लब क्यामरुन, नेप्लिज फुटबल एकेडेमी हङकङ, युनाइटेड दार्जिलिङ र आयोजक माईभ्याली फुटबल क्बल सहभागी छन् ।
प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पुरस्कार प्राप्त गर्नेछन् ।