दुबईमा कुलेन्द्र वि.क सँग यति राम्रोसँग ‘सालको पातको टपरी’ गीत गाए रवि ओडले (भिडियो)



२६ फागुन २०७५, काठमाडौँ

नेपाल आइडल सिजन २ पछि यतिबेला जताततै नेपाल आइडलका उत्कृष्ट ४ प्रतिस्पर्धीको चर्चा भैरहेको छ । यतिबेला उनीहरु देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त हुन थालेका छन् । केहीसमय अघि अष्ट्रेलियामा सांस्कृतिक कार्यक्रम सकेर आएका नेपाल आइडलका प्रतिस्पर्धी अहिले कार्यक्रमको लागि दुबई उडेका छन् ।

रवि ओडले अष्ट्रेलियामा अहिलेका सर्वाधिक चर्चित लोकदोहोरी गीत सालको पातको टपरी हुने बोलको गीत गाएका थिए । शब्द उच्चारण गलत गरेको भन्दै उनको निकै आलोचना पनि गरिएको थियो । दुबईमा भएको सांस्कृतिक कार्यक्रममा नेपाल आइडलका प्रतिस्पर्धीसँगै सालको पातको टपरी हुने गीतका गायक कुलेन्द्र विक पनि पुगेका थिए ।

दुबईमा रवि र कुलेन्द्रले सालको पातको टपरी गीत गाएर दर्शकलाई निकै नचाएका छन् । कुलेन्द्रले आफूसँगै रविलाई पनि उक्त गीत गाउन आग्रह गरेपछि रवि र कुलेन्द्र मिलेर उक्त गीत गाएका थिए । जसमा उनीहरुलाई दर्शकले निकै राम्रोसँग साथ दिएका थिए । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्