बाबु बन्न उत्साहित आर्यन, गर्भवती श्रीमतीसँग बने यस्तो रोमान्टिक (फोटो सहित)



२६ फागुन २०७५, काठमाडौँ

आर्यन सिग्देल नेपाली चलचित्र जगतका निकै चर्चित अभिनेता हुन् । कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा उनको राज नै चलेको थियो । पछिल्लो समयमा नयाँ कलाकारको आगमनसँगै उनी अस्ताउँदै गएका हुन् । नायक आर्यन सिग्देल चाडैँ नै बाबु बन्दै छन् ।

करिब ४ बर्ष अघि उनले आफ्नी फ्यान समेत रहेकी सपना भण्डारीसँग लब म्यारिज गरेका थिए । विवाह भएको ४ बर्षपछि उनी पिता बन्दै छन् । हालैमात्र चलचित्र हजार जुनी सम्म को छायांकन सकेर आएका आर्यनले अहिले आफ्नो पुरा समय आफ्नी श्रीमतीलाई दिइरहेका छन् ।

आर्यनकी पत्नी सपना आफ्नो र आर्यनको केही तस्बिर आफ्नो आधिकारीक फेसबुकमा सेयर गरेकी छिन् । जहाँ दुवैलाई एकअर्कासँग निकै रमाइरहेको देख्न सकिन्छ । तस्बिरमा आर्यनले सपनाको पेटमा चुम्बन गरेका छन् । उनीहरु आफ्नो आउने बच्चालाई लिएर निकै नै उत्साहित दृेखिएका छन् । अझ आर्यनले त बच्चाको लागि कपडा समेत किनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्