२६ फाल्गुन २०७५, काठमाडौं
किराँती भित्रको एक समुदाय खालिङ राईहरुको एक संस्था ‘किराँत खालिङ राई उत्थान संघ’ को सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
शनिबार काठमाडौं शुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको महाधिवेशनमा माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, किरात राई यायोक्खाका महा–सचिव जनक राई, जिमी (राई) उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यसबहादुर राई, नेकपा प्रदेश सदस्य गोम्बु शेर्पा (कर्ज्याङ) लगायतको उपस्थिती रहेको थियो ।
‘भाषा र संस्कृति खालिङ राईहरुको पहिचान, किराँत स्वयत्ता राज्य सुनिश्चितताको लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ भएको कार्यक्रमको उद्घाटन सोलुखुम्बु प्रतिनिधि सभाका सदस्य हेम कुमार राई (सुरवीर) ले गरेका थिए ।