नायिका निरुता सिंहलाई भयो ‘डेगुं’, मुम्बई अस्पतालमा भइन् भर्ना



२६ फागुन २०७५, काठमाडौँ

निरुता सिंह केहीसमय अघि चलचित्र क्याप्टेन को एक गीतको छायांकनको लागि नेपाल आएकी थिइन् । मुम्बईमा बस्दै आएकी निरुता केहीसमय अघिदेखि विरामी थिइन् । उनी चलचित्र क्याप्टेन को प्रमोशनको लागि पनि विभिन्न ठाउँमा पुगेकी थिइन् ।

आफ्नो स्वास्थ्यमा निकै समस्या देखिएपछि केहीदिन अगाडी मुम्बई फर्किएकी निरुतालाई डेगुं भएको पत्ता लागेको छ । यतिबेला उनको मुम्बईमा उपचार भैरहेको छ । उनले आफू निकै डर लागिरहेको कुरा आफ्ना नजिकका चलचित्रकर्मी साथीहरुलाई बताएकी छिन् ।

निरुता चलचित्र दाल, भात, तरकारी को छायांकनको क्रमदेखि नै रुघा खोकीले निकै ग्रस्त थिइन् । त्यसको असर परेर उनलाई डेगुं भएको अनुमान लगाइएको छ । उनी अभिनीत चलचित्र दाल, भात, तरकारी आउँदो बैशाख १३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्