‘सारेगमपा लिटल च्याम्प’ मा धमाका मच्चाउँदै नेपालका प्रितम, फेरि दिए जर्जहरु नै छक्क पर्ने प्रस्तुती (भिडियो)



२६ फागुन २०७५, काठमाडौँ

पछिल्लो समयमा जताततै प्रितम आचार्य र आयुष केसीको चर्चा भैइरहेको छ । यी दुई नेपाली बालक अहिले भारतको चर्चित रियालिटी शो सारेगमपा लिटद च्याम्प मा गएका छन् । अडिसन देखि नै जर्ज र जुरीहरुको मन जितेका प्रितमले हिजो शनिबार प्रशारित एपिसोडमा फेरि धमाका मच्चाएका छन् ।

प्रितमले रगं दे बसन्ती बोलको गीत गाएका थिए । जसमा उनले शत प्रतिशत अङ्क पाउन सफल भएका छन् । प्रितमले सुरुवाती क्रम देखि नै आफ्नो शत प्रतिशत प्रस्तुती दिदैँ आएका छन् । जसको कारण उनीदेखि भारतीय पनि डराउन थालिसकेका छन् ।

प्रितमको हिजोको प्रस्तुतीमा पनि जर्जहरुले उनको मुक्तकण्ठले प्रशंसा गरेका थिए । प्रितमले आफ्नो मात्र नभएर नेपालको  पनि इज्जत बढाइरहेका छन् । भारतमा गएर भारतीय भन्दा पनि राम्रो प्रस्तुती दिदैँ यो स्थानसम्म आउनु साच्चैँ नै निकै ठूलो कुरा हो । प्रितम र आयुषलाई आगामी दिनका लागि पनि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्