यति राम्रो डान्स गर्छिन् सुपरस्टार शाहरुख खानकी छोरी सुहाना (भिडियो)



२६ फागुन २०७५, काठमाडौँ

शाहरुख खान बलिउडका निकै चर्चित अभिनेता हुन् । कुनै समयमा उनलाई किङ्ग खानको उपाधी दिइएको थियो । तर पछिल्लो समयमा उनका चलचित्रले सफलता पाउन नसकेपछि उनलाई यो उपाधीले चिनाइदैँन । शाहरुख खान आफ्नो परिवारको कारण पनि बेला बेलामा चर्चामा आइरहेका हुन्छन् ।

केहीसमय यता बलिउडमा शाहरुखकी छोरी सुहाना खान पनि बलिउडमा आउने तयारीमा रहेको कुराले हगांमा मच्चाइरहेको छ । सुहानाले पनि आफू बलिउडमा आउन निकै आतुर रहेको बताउँदै आएकी छिन् । तर शाहरुखले आफ्नी छोरीको पढाई पुरा नहुन्जेल उनलाई चलचित्र क्षेत्रमा आउन नदिने बताएका छन् ।

यतिबेला सामाजिक सञ्जालमा शाहरुखकी छोरी सुहानाले गरेको डान्स निकै भाइरल भैरहेको छ । उनले आफ्ना साथीहरुसँग गरेको डान्सले अहिले निकै चर्चा बटुलिरहेको छ । सुहाना मान्छे जति राम्री छिन् उनको डान्स पनि त्यति नै दमदार रहेको कुरा उनको डान्समा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्