२६ फाल्गुन २०७५, काठमाडौं
पछिल्लो समय विश्व फुटबलमा एक सफल क्लब मानिएको क्लब ‘रियल मड्रिड’ले खराब प्रदर्शन गर्दै आईरहेको बेला रियल प्रशिक्षक फ्लोरेन्टिनो पेरेजले नेमारलाई क्लबमा अनुबन्ध गर्न तयारी थालेका बताईएको छ ।
स्पेनिस पत्रिका ‘स्पोर्स्ट’का अनुसार पिएसजी स्टार नेमारलाई अहिलेसम्मकै महंगो ग्लालिक्टोमा अनुबन्ध गर्न तयारी उनले गरेका छन् ।
‘स्पोर्स्ट’मा प्रकाशित समाचारमा उल्लेख भएअनुसार नेमारका लागि रियलले ३५ करोड युरो तिर्न तयार रहेको र नेमारसँग छलफलको लागि समयसमेत फिक्स्ड भईसकेको छ ।
आफ्नै घरेलु मैदानमा एक हप्ताको अन्तरालमा बार्सिलोना र आयाक्ससँग लिग, कप र च्याम्पियस् लिगमा लज्जास्पद पराजय बेहोरेपछि पेरेजले यो नीति अगाडी बढाएका हुन् ।
क्रिस्टियानो रोनाल्डो क्लब छाड्न दिएपछि पेरेजको क्लबमा चर्को आलोचना भइरहेको छ । त्यसलाई शान्त पार्न पनि पेरेजले यो कदम चाल्न लागेको बताइएको छ ।
यो स्थानान्तरण सफल भए कुनै पनि खेलाडीका लागि खर्च गरिएको सर्वाधिक रकम हुनेछ । त्यस्तै, प्रत्येक सिजन तलबका रुपमा नेयमारले ४.५ करोड युरो प्राप्त गर्ने बताइएको छ । जसले उनलाई विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी पनि बनाउने छ ।
नेयमारलाई २२.२ करोड युरो खर्च गरेर पीएसजीले क्लबमा भित्र्याएको थियो । उनको क्लबमा अझै पनि तीन वर्षको करार रहेको छ ।
समाचारका अनुसार उनले रियलसँग ५ वर्षको करार गर्ने छन् ।