नेपाली गीतमा यति राम्रोसँग नाचे चिनियाँ युवतीहरुले, दर्शक परे छक्क (भिडियो)



२६ फागुन २०७५, काठमाडौँ

नेपाली गीत संगीत नेपालमा मात्र नभएर अन्य मुलुकमा पनि उत्तिकै लोकप्रिय छन् । नेपालमा मात्र नभएर अन्य मुलुकमा पनि कुनै कार्यक्रम गर्नुपर्नेमा धेरै नेपाली गीत बज्ने गर्छन् । नेपाली गीतसंगीतले सम्पूर्णको मन छुने गरेको छ । त्यस्तै अहिले एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

चिनिया राजदूतले नेपाली गीतमा निकै राम्रो डान्स गरेकी छिन् । उनीमात्र नभएर उनीसँग उनका साथीहरुले पनि नाचेका थिए । मेलिना राईको आवाजमा रहेको चर्चित चरी जस्तै उड्न पाए बोलको गीतमा चिनिया युवतीहरुले डान्स गर्दा दर्शकहरु नै छक्क परेका थिए ।

निकै राम्रो पोशाकमा सजिएका चिनिया युवतीहरुले नेपाली गीतमा कल्चरल डान्स गरेका थिए । उनीहरुले नेपालीले भन्दापनि राम्रो नाचेका थिए । अहिले उक्त भिडियोलाई मानिसहरुले सामाजिक सञ्जालमा निकै सेयर पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्