२६ फाल्गुन २०७५, काठमाडौं
भारतीय क्रिकेट टोलीले अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा ‘सैनिक क्याप’ लगाएपछि पाकिस्तानले कारबाही गर्नुपर्ने माग राखेको छ ।
भारतले खेलमाथि राजनीति गर्न खोजेको भन्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले कारबाही गर्नु पर्ने पाकिस्तानले माग गरेको हो ।
शुक्रबार राँचीमा भएको तेस्रो एकदिवसीय खेलमा भारतीय क्रिकेटरहरुले ‘सैनिक क्याप’ लगाएर मैदान उत्रिएका थिए ।
भारतीय क्रिकेट कान्ट्रोल बोर्ड (बिसीसीआई)ले भने नियमित निलो क्यापको सट्टा ‘सैनिक क्याप’ लगाएर गत महिना कास्मिरमा मारिएका सैनिकप्रति सम्मान दर्शाएको बताउँदै आएको छ ।
“भारतीय क्रिकेट टिमले आफ्नो क्याप नलगाएर ‘सैनिक क्याप’ लगाएको विश्वले देखेको छ । के आईसीसीले पनि देखेको थियो ।” पाकिस्तानका विदेश मन्त्री शाह मेमूद क्युरेशीले शनिबार स्थानिय मिडियासँग भने ।
यो पनि पढ्नुहोस् !
पुलवामाको आक्रमणमा मृत्यु हुने सुरक्षाकर्मीको सम्झनामा भारतीय क्रिकेट टोलीले लगायो यस्तो ‘क्याप’