विवाहपछि प्रियंकालाई निकको घरमा गरिएको थियो दुर्व्यवहार, निक आफैँले गरे खुलासा



२६ फागुन २०७५, काठमाडौँ

विवाहपछि प्रियंका चोपडा र निक जोनसको चर्चा बलिउडमा निकै चल्न थालेको छ । करिब ३ महिना अघि विवाह गरेका प्रियंका र निक अहिले अमेरिकामा नै बस्दै आएका छन् । यस्तैमा निकको घरबाट प्रियंकाबारे नयाँ कुरा सार्वजनिक भएको छ । प्रियंकालाई सुरुमा जाने वित्तिकै निकको घरमा दुव्र्यवहार भएको बताइएको छ ।

यो कुराको जानकारी निक र निकका दाईले नै दिएका छन् । जोनस दाजुभाईले एक अन्तवार्तामा प्रियंका सुरुमा निकको घर जादाँ निकको घरकी एक सदस्यले प्रियंकालाई पटक्कै मन नपराएको बताए । वास्तवमा निकका दाजुका छोरीले प्रियंकालाई सुरुवाती क्रममा पटक्कै मन पराएकी थिइनन् ।

निकका दाजुका छोरीले निकलाई निकै नै माया र केयर गर्ने भएकाले उनीसँग अरु नजिक भएको उनलाई मन नपर्ने भएकाले उनले प्रिंयकालाई धेरै पटक दुव्र्यवहार गरेकी रहिछन् । तर अहिले उनले प्रियंका पनि आफ्नै परिवारको सदस्य भएको कुरा बुझिसकेकी छिन् । त्यसैले प्रियंकालाई अहिले भने माया गर्न थालेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्