२७ फाल्गुन २०७५, काठमाडौं
झापा गोल्डकपकको चौंथो संस्करण अन्तर्गतको फाईनल खेल आज हुँदै छ ।
फाईनल खेलका लागि क्यान्डिडेट टोलीहरु झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब तयारी अवस्थामा छन् ।
खेल झापास्थित डोमालाल रंगशालामा दिउँसो २ बजे सुरु हुने छ ।
मैदान उत्रिनुअघि दुबै टोलीले उपाधीलाई चुम्ने आशावादी सोच बनाएका छन् ।
आर्मीका कप्तान खवासले उपाधीको वोनर आफुहरु भएको बताईरहँदा यता, झापा भने तेस्रो संस्करणको बदला फेर्ने सोचमा छ ।
प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने छन् ।