जन्मदिनमा फ्यानहरुले प्रदिपलाई अगांलो हाल्दै रुन थालेपछि, प्रदिपलाई फकाउन भयो गाह्रो (भिडियो)



२७ फागुन २०७५, काठमाडौँ

नायक प्रदिप खड्काले हिजोमात्र आफ्नो २७ औँ जन्मदिन मनाएका छन् । हिजो उनको जन्मदिन भएकाले उनका फ्यानहरुले उनलाई जन्मदिनको शुभकामना दिन काठमाडौँको एक रेष्टुरेन्टमा पार्टी राखेका थिए । विशेष उक्त पार्टीमा प्रदिपका लेडिज फ्यान बढी थिए । त्यस्तै उनका फ्यानले उनलाई जन्मदिनको सरप्राइज पनि दिएका छन् ।

प्रदिपको जन्मदिनमा उनका  फ्यानहरुले उनको लागि केक र थुप्रै गिफ्टहरु तयार बनाएका थिए । प्रदिप आउनासाथ उनलाई फ्यानहरुले घेरेर जन्मदिनको शुभकामना दिए भने निकै रमाइलोसँग प्रदिपको जन्मदिन मनाए । त्यतिमात्र नभएर उनका केही लेडिज फ्यान त उनलाई देख्नासाथ अगांलो हालेर रुन समेत थालेका थिए ।

प्रदिप छोटो समयमा नै निकै फ्यान कमाउन सफल अभिनेता हुन् । उनलाई देखेर खुसी भएर उनका फ्यानहरु अगांलो हालेर रोएका हुन् । प्रदिपले पनि जिस्कदैँ आफ्ना फ्यानहरुलाई फकाए भने उनीहरुका लागि गीत पनि गाए । जे होस् हिजो प्रदिपले आफ्नो जन्मदिनमा फ्यानहरुबाट निकै नै माया पाए ।

प्रतिक्रिया दिनुहोस्