पूजासँग बिहे गर्ने प्रदिपको चाहना (भिडियो)



२७ फागुन २०७५, काठमाडौँ

नायक प्रदिप खड्का यतिबेला चैत्र २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको उनको चलचित्र लब स्टेशन को प्रमोशनमा व्यस्त छन् । त्यसैको लागि उनी विभिन्न अन्तवार्ता पनि दिइरहेका छन् । त्यस्तै केहीदिन अघि एक अन्तवार्ता उनले आफूलाई पूजा शर्मासँग विवाह गर्न मन भएको बताएका छन् ।

खासगरी प्रदिपलाई एक अन्तवार्तामा गेम खेलाइएको थियो । जहाँ उनलाई ३ नायिकाको नाम दिइएको थियो । जसमध्ये उनले एउटीलाई मार्नुपर्ने, एउटीलाई विवाह गर्नुपर्ने र अर्कीलाई डेट गर्नुपर्ने थियो ।

त्यस्तै प्रदिपले उक्त गेममा जसितालाई मार्ने, नम्रतासँग डेटमा जाने र पूजासँग विवाह गर्ने बताएका थिए । उनले उक्त गेम निकै राम्रोसँग खेलेका थिए । अहिले उक्त भिडियो निकै भाइरल भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्