साफ च्याम्पियनसिपमा सहभागी सबै टोलीहरु विराटनगर पुगे !



२७ फाल्गुन २०७५, काठमाडौं

आन्तरिक कारण देखाउँदै पाकिस्तान सहभागी नभ‘ए’पछि पाँचौं महिला साफ च्याम्पियनसिपमा ६ राष्ट्र‘बी’च प्रतिस्पर्धा हुँदैछ ।

आयोजक नेपालसहित साविक विजेता भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान‘बी’च प्रतिस्पर्धा हुनेछ।

टोलीलाई प्रशिक्षणका लागि सशस्त्रको रानी मैदान, डिपि‘ए’स स्कुल र दुह‘बी’ रंगशाला तयार गरि‘ए’को छ।

प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक नेपालले पाहुना टोली भुटानसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार समूह ‘बी’ अन्तगर्त भारत र माल्दिभ्स‘बी’च प्रतिस्पर्धा हुँदा बिहिबार समुह ‘ए’ का भुटान र बंगलादेश आमने–सामने हुनेछन् ।

शुक्रबार माल्दिभ्स र श्रीलंका खेल्दा शनिबार नेपाल र बंगलादेश मैदान उत्रिनेछन् । उक्त खेलले समूह विजेताको टुंगो लाग्नेछ । आइतबार समूहको अन्तिम खेलमा श्रीलंका र भारत‘बी’च प्रतिस्पर्धा हुनेछ । चैत ६ गते सेमिफाइनलका खेल हुनेछन् ।

चैत ८ गते उपाधी भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्