‘सारेगमपा लिटल च्याम्प’ मा नेपाली छोराहरु आयुष र प्रितमले जर्जसँग गाए नेपाली गीत, दर्शक नै परे चकित (भिडियो)



२७ फागुन २०७५, काठमाडौँ

यतिबेला भारतको चर्चित गायन रियालिटी शो सारेगमपा लिटल च्याम्प मा नेपालका दुई बालक प्रितम र आयुषले धमाका मच्चाइरहेका छन् । यतिबेला जताततै उनीहरुको चर्चा चलिरहेको छ । भारतमा पनि आजभोली उनीहरु सबैको नजरमा परेका छन् ।

हरेक हप्ता प्रितम र आयुषले दमदार प्रस्तुती दिदैँ आएका छन् । हरेक हप्ता उनीहरुको प्रस्तुतीमा जर्जहरु नै छक्क परिरहेका हुन्छन् । त्यस्तै हिजो प्रसारित एपिसोडमा पनि आयुषले प्रस्तुती दिदाँ जर्जहरुले उनको निकै तारिफ गरे ।

त्यतिमात्र नभएर जर्जको रुपमा रहेका शानले त झन स्टेजमा आएर प्रितम र आयुषसँग नेपाली गीत पनि गाए । हिजो सारेगमपा को एपिसोड निकै रोचक रहेको थियो । शानले प्रितम र आयुषसँग चर्चित नेपाली गीत मुसुमुसु हासिदेउँ न लैलै गाएका थिए । उनीहरुको प्रस्तुती देखेर सारा दर्शक छक्क परेका थिए ।

प्रतिक्रिया दिनुहोस्