२७ फाल्गुन २०७५, काठमाडौं
पिएसजीका स्टार केलियन एमबाप्पेले आफ्नो टोली च्याम्पियन्स लिगबाट आउट भएपछि आफुलाई निन्द्रा नलागेको बताएका छन् ।
गत बुधबार अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा ईङ्लिस टोली म्यानचेस्टर युनाइटेडसँग १–३ ले पराजित हुँदै पिएसजी अन्तिम १६ बाटै आउट भएको थियो ।
पिएसजीले अवे लेगमा ०–२ को जित निकाले पनि होम लेगमा सो अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाटै आउट भयो ।
‘म स्तब्ध छु । अहिले मसँग भन्नलाई कुनै शब्दै छैन,’ एमबाप्पेले ‘टेलिफुट’सँग कुरा गर्दै भने, “युनाइटेडसँग हारेपछि म राम्रोसँग निदाउन सकिरहेको छैन ।”
सो खेलपछि फ्रेन्च खेलाडी एमबाप्पेले पहिलोपटक मिडियासँग कुरा गर्दै आफू यतिबेला गहिरो पीडामा रहेको बताएका हुन् ।