बलिउड सुपरस्टार अमिताभ र शाहरुखको यो ‘टिकटक’ भिडियो बन्यो भाइरल (भिडियो)



२७ फागुन २०७५, काठमाडौँ

अभिताभ बच्चन र शाहरुख खान दुवै बलिउडका निकै नाम चलेका कलाकार हुन् । गत शुक्रबारबाट शाहरुख खानको निर्माण र अभिताभको अभिनय रहेको चलचित्र बदला प्रदर्शनमा आएको छ र चलचित्र राम्रो व्यापार गरिरहेको छ ।

त्यस्तै अहिले सामाजिक सञ्जालमा शाहरुख र अमिताभको एक टिकटक भिडियो निकै भाइरल भैइरहेको छ । जहाँ अभिताभ र शाहरुखले गीत गाइरहेको देख्न सकिन्छ । तर विचमै शाहरुखले गीतको सुर बिगारेपछि अमिताभले उनलाई सुर बिगारेको भन्दै गाली गरेका छन् ।

दर्शकले अमिताभ र शाहरुखको उक्त गीतलाई निकै रुचाएका छन् । त्यस्तै शाहरुख र अमिताभको उक्त भिडियोलाई दर्शकले निकै सेयर पनि गरिरहेका छन् । अमिताभ र शाहरुख एकअर्काका मिल्ने साथी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्