‘यात्रा’ को प्रमोशनका लागि हेटौडा गएका सलिनमानलाई हेर्न २० हजार दर्शक उर्लिए



२७ फागुन २०७५, काठमाडौँ

सलिनमान बनियाँ चलचित्र ए मेरो हजुर २ बाट नेपाली चलचित्र क्षेत्रमा उदाएको नाम हो । पहिलो चलचित्रबाट नै उनले सोच्दै नसोचेको सफलता हासिल गरे । अहिले उनलाई अहिलेका सबैभन्दा चलेका अभिनेता अनमोल र प्रदिपलाई टक्कर दिने अभिनेताको रुपमा हेरिएको छ ।

यतिबेला सलिनमान आफ्नो दोस्रो चलचित्रको प्रसारप्रसारमा व्यस्त छन् । आउँदो चैत्र २९ बाट उनको बहुप्रतिक्षित चलचित्र यात्रा रिलिज हुँदैछ । अहिले यात्रा को प्रमोशनकै लागि सलिनमान देशका विभिन्न ठाउँमा आफ्नो टिमसँग पुगिरहेका छन् ।

त्यस्तै केहीदिन अघिमात्र उनी प्रमोशनको लागि हेटौडा पुगेका थिए । हेटौडामा चलचित्र यात्रा टिमको निकै राम्रोसँग स्वागत गरिएको थियो । त्यस्तै सलिनमानलाई देखेर हेटौडाका दर्शक निकै उत्साहित भएका थिए । सलिनमानलाई हेर्नको लागि हेटौडामा लगभग २० हजारको संख्यामा दर्शक उपस्थित भएका थिए । यो एउटा कलाकारको लागि निकै ठूलो कुरा हो ।

करिब १० मिनेट स्टेजमा बस्दा सलिनमानले चलचित्र यात्रा को चर्चित गीत चट्ट रुमाल क्या मालुम को रिमेक गीतमा डान्स गरे भने आफ्ना केही फेमस डाइलग पनि सुनाए । उनलाई दर्शकले पनि भरपुर साथ दिइरहेका थिए । त्यस्तै आफूलाई अव्वल कलाकारको रुपमा सावित गरिसकेका सलोनले पनि आफ्नो प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन दिए ।

प्रतिक्रिया दिनुहोस्