२७ फाल्गुन २०७५, काठमाडौं
पाँचौं संस्करणको महिल साफ च्याम्पियनसिप मंगलबाट सुरु हुँदै छ ।
नेपालसहित साविक विजेता भारत, भुटान, श्रीलंका, बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल पाहुना टोली भुटानविरुद्ध मैदान उत्रिदैँ छ ।
विराटनगरस्थित होटल बिगमा सम्पन्न प्रेस मिटमा नेपाली टोलीका प्रशिक्षक हरि खड्काले नेपाली टोलीका लागि टाईटल जित्ने यो राम्रो अवसर भएको बताएका छन् ।
“हाम्रो लागि यो टाईटल जित्ने ठुलो अवसर हो । हामीसँग राम्रा खेलाडीहरु छन् । हामीले ग्रुप स्टेज म्याचमा फोकस हुने छौं ।” उनले भने ।
उनले थपे, ‘मेरो टोलीमा सबै भर्खरका जोश जाँगर भएका खेलाडीहरु छन् । हामीले जत्तिसक्दा हाम्रो बेस्ट दिने छौं ।’
यत्तिबेला खेल खेल्नका लागि सबै टोलीहरु विराटनगरमा पुगिसकेको छन् ।