स्वर्गीय र्यापर यामा बुद्धको सम्झनामा ‘नेपाल आइडल’ की करिश्मा विष्टले गाइन् यस्तो भावुक गीत (भिडियो)



२७ फागुन २०७५, काठमाडौँ

करिश्मा विष्ट नेपाल आइडल बाट चर्चामा आएको नाम हो । उनी नेपाल आइडलमा आएकी एकमात्र महिला र्यापर प्रतिस्पर्धी थिइन् । उनले अडिसनमा इको नी लाग्यो बोलको गीत गाएकी थिइन् । जसलाई दर्शकले निकै रुचाए पनि ।

नेपाल आइडल बाट करिश्मा दर्शकको नजरमा पर्न सफल भइन् । उनलाई अहिले सबैले समर्थन गर्ने गरेका छन् । विशेष उनको र्यापलाई दर्शकले रुचाएका छन् । केहीदिन अघि उनी काठमाडौँ आएकी थिइन् । उनले काठमाडौँ आएर केही अन्तवार्ता पनि दिएकी थिइन् ।

उनले एक अन्तवार्तामा भने सबैलाई भावुक बनाइन् । यामा बुद्ध नेपालका निकै चर्चित र्यापर थिए । तर केही बर्षअघि उनले आत्महत्या गरेका थिए । यामा बुद्धले छोडेर गएपनि उनका गीतहरु भने अहिले पनि चर्चामा नै रहेका छन् ।

त्यस्तै करिश्माले पनि एक अन्तवार्तामा स्वर्गी गायक यामा बुद्धको लागि एक र्याप गाएकी थिइन् । उनले निकै नै भावुक शैलीको र्याप गाइन् । उनले आफू यामा बुद्धको निकै ठूलो फ्यान भएकाले उनको लागि गीत गाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्