चलचित्र ‘दाल, भात, तरकारी’ को टाइटल गीत रिलिज हुँदै, यस्तो गेटअपमा देखिदैँ हरिवंश र निरुता



२७ फागुन २०७५, काठमाडौँ

‘दाल, भात, तरकारी’ आउने नव बर्ष २०७६ साल बैशाख १३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्र ‘दाल, भात, तरकारी’ छायांकनदेखि नै निकै चर्चामा रहेको चलचित्र हो । नायिका निरुता सिंहले लामो समयपछि चलचित्रमा कमब्याक गरकाले पनि यो चलचित्र दर्शकका लागि निकै प्रतिक्षित बनेको छ ।

त्यस्तै केहीसमय अघि चलचित्र ‘दाल, भात, तरकारी’ को ‘भिजिट भिषामा’ बोलको गीत सार्वजनिक गरेको थियो । यो गीतलाई दर्शकले छोटो समयमा नै अत्याधिक रुचाएका छन् । त्यतिमात्र नभएर गीतले छोटो समयमा नै युट्युबमा १ करोड भ्यूज पाउन सफल भएको छ ।

अब चलचित्र निर्माण टिमले केहीदिनमै चलचित्रको दोस्रो गीत पनि सार्वजनिक गर्ने बताएको छ । चलचित्रको टाइटल गीत आउने शुक्रबार सार्वजनिक हुने भएको छ । जसमा चलचित्रमा मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का र आँचल शर्मालाई फिचरिङ गराइएको छ । त्यसैगरी गीतमा निरुता र हरिवंशलाई कुकको रुपमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्