डिएगो म्याराडोना फेरी तानिए विवादमा !



२७ फाल्गुन २०७५, काठमाडौं

विश्व फुटबलका एक सफल खेलाडी तथा अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोना फेरी एकचोटी विवादमा तानिएका छन् । सधैँ संकटको सामना गर्ने म्याराडोना यसपटक अलि फरक विवादमा मुछिएका बताईएको छ ।

क्युवेली सरकारले म्याराडोना तीन अनाथ बालकालिकाका पिता भएको पत्र काटेपछि उनी विवादमा परेका हुन् । सरकारीस्तरबाटै पत्र आउनुअघि म्याराडोनाले ती तीन बालकसँग आफ्नो कुनै सरोकार नहरेको दाबी गरेका थिए ।

तीन बालबालिकाले यसै महिना आफ्नो पिताको नाम राख्दा म्याराडोना राख्दा समस्या आएको हो । क्युवेली सरकारले यसको छानबिन गरेको थियो । अन्ततः क्युवेली सरकारले एउटा निष्कर्ष निकाली म्याराडोनालाई बालबालिकको स्वामित्व लिन पत्र काट्यो ।

“सुरुमा उहाँ म्याराडोनाले तीन बच्चासँग कुनै सरोकार राख्नुभएन, तर अहिले उहाँ गम्भीर हुनुहुन्छ ।”

स्वयं म्याराडोनाका वकिलले एजेन्सीहरूलाई बताएका छन् ।

यस पत्रपछि म्याराडोनालाई यो विवादबाट उम्किन सकस परेको छ । उनले यसका लागि आफ्ना वकिलसँग पनि कुराकानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्