नायिका प्रियंका कार्कीको हट अवतार



२८ फागुन २०७५, काठमाडौँ

नायिका प्रियंका कार्की यतिबेला इन्डोनेशियामा आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग होलिडे बनाइरहेकी छिन् । केहीदिन अघि मात्र उनले आफ्नो ३२ औँ जन्मदिन मनाएकी थिइन् । उनको जन्मदिनमा आयुष्मानले उनलाई कतै लग्ने बाचा गरेका थिए । नभन्दै उनले प्रियंकालाई इन्डोनेशिया लगेका छन् ।

पर्यटकीय हिसाबले इन्डोनेशिया पनि निकै सुन्दर ठाउँ मानिन्छ । यतिबेला इन्डोनेशियामा आयुष्मान र प्रियंका निकै रमाइलो गरिरहेका छन् भने आफ्ना केही तस्बिरहरु पनि सार्वजनिक गरिरहेका छन् । त्यस्तै प्रियंकाले पनि भर्खरै मात्र आफ्नो इन्ष्टाग्राममा आफ्नो निकै हट अवतारको फोटो हालेकी छिन् ।

समुन्द्रको छेउमा बसेर खिचिएको फोटोमा प्रियंकाले आफू समुन्द्र जस्तै स्वतन्त्र र निश्चल हुन चाहने बताइन् । त्यस्तै उनले आफू दुई बर्षदेखि आयुष्मानको प्रेममा डुबेको पनि प्रष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्