रवि ओडले दुबईमा धमाका मच्चाए, रविको गीतमा यसरी झुमे दुबईका दर्शक (भिडियो)



२८ फागुन २०७५, काठमाडौँ

नेपाल आइडलपछि रवि ओड सर्वाधिक व्यस्त र चर्चित गायकको सुचीमा परिसकेका छन् । उनी अहिले नेपाल आइडलको टिमसँग वर्ल्ड टुरमा छन् । यस्तै केहीदिन अघि उनी नेपाल आइडलको टिमसँग सांस्कृतिक कार्यक्रमका लागि दुबई पुगेका थिए ।

दुबईमा रवि ओडले तहल्का मच्चाएका छन् । दुबईमा उनको क्रेज सबैभन्दा बढी देखिएको थियो । त्यस्तै रविले दर्शकले माग अनुसार आफ्ना थुप्रै गीतहरु पनि गाए । रविलाई हेर्नको लागि दुबई निकै दर्शक उपस्थित भएका थिए । रबिले दुबईमा दर्शकको निकै साथ पनि पाए । उनीसँगै अन्य प्रतिस्पर्धीले पनि आफ्नो उत्कृष्ट प्रस्तुती दिएर दर्शकको मन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्