७ बर्षीया छोरी आराध्यालाई मेकअप गरिदिएका कारण ऐश्वर्याले खाइन् दर्शकको गाली



२८ फागुन २०७५, काठमाडौँ

यतिबेला बलिउडमा एसियाकै सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीका छोरा आकाश अम्बानीको विवाहको चर्चा चलिरहेको छ । उनको विवाहमा बलिउडका अधिकांश सेलेब्रेटी उपस्थित भएका थिए । त्यस्तै यतिबेला नायिका ऐश्वर्याले भने गाली खाइरहेकी छिन् ।

ऐश्वर्या आकाश अम्बानीको विवाहको पार्टीमा आफ्ना श्रीमान् अभिषेक बच्चन र आफ्नी ७ बर्षीया छोरी आराध्यासँग पुगेकी थिइन् । उनले आफू मात्र नभएर आफ्नी छोरीलाई पनि मेकअप गरेर निकै राम्री बनाएर लगेकी थिइन् ।

अहिले त्यहि कारणले ऐश्वर्याले दर्शकको गाली खाइरहेकी छिन् । उनलाई अधिकांशले सानी बच्चीलाई मेकअप गरिदिएको भन्दै गाली गरेका छन् । त्यस्तै उनलाई दर्शकले एउटा असल आमा भएर सानै उमेरबाट छोरीलाई ग्ल्यामरतिर नलैजानु भनेका छन् । उनकी छोरी मेकअपकै कारण अहिले ट्रोल भैरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्