अनमोलको ‘क्याप्टेन’ हेर्दा भुवनकै अगाडी रोए शिव श्रेष्ठ (भिडियो)



२८ फागुन २०७५, काठमाडौँ

यतिबेला देशव्यापी रुपमा चलचित्र क्याप्टेन प्रदर्शन भैरहेको छ । चलचित्र बक्सअफिसमा निकै राम्रो व्यापार पनि गरिरहेको छ । त्यस्तै चलचित्र क्याप्टेन हेर्न विभिन्न कलाकार पनि हलमा गइरहेका छन् । यस्तै हिजो काठमाडौँको बिग मुभिजमा चलचित्र क्याप्टेन हेर्न पुराना चर्चित नायक शिव श्रेष्ठ पनि पुगेका थिए ।

शिव श्रेष्ठले चलचित्र हेरिसकेपछि आफूलाई चलचित्र निकै मन परेको प्रतिक्रिया दिए । त्यतिमात्र नभएर चलचित्र हेरेर बाहिर निस्कदाँ उनको आखाँमा आँशु पनि थियो । उनले चलचित्रको कथावस्तुले आफ्नो मन छोएको बताए ।

त्यतिमात्र नभएर शिवले भुवनको पनि निकै तारिफ गरे । उनले भुवन जस्तो चलचित्र बनाउन माहिर कोहिपनि निर्माता नभएको बताए । उनले आफूले थुप्रै चलचित्र हेरिसकेको तर नेपालीपन भने क्याप्टेन मा मात्र देखेको बताए । उनले चलचित्र गीतले पनि आफ्नो मन छोएको बताए ।

प्रतिक्रिया दिनुहोस्