२८ फाल्गुन २०७५, काठमाडौं
पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल (आज) मंगलबारदेखि विराटनगरको शहीद रंगशालामा हुँदैछ ।
उद्घाटन खेलमा आयोजक टोली नेपाल र पाहुना टोली भुटानबीच प्रतिस्पर्धा हुने छ ।
समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन् । समूह ‘बी’ बाट श्रीलंका, माल्दिभ्स र भारतले प्रतिस्पर्धा गर्दैछन् ।
महिला साफमा भारत सर्वाधिक सफल टोली हो । उसले चार पटक उपाधि जितेको छ ।
नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ । सोमबारनै सहभागी टोलीका कप्तानले च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेका थिए ।
खेल दिउँसो ३ बजे सुरु हुने छ ।
यो पनि पढ्नुहोस् !
‘यो हाम्रो लागि टाईटल जित्ने राम्रो अवसर हो : प्रशिक्षक हरि खड्का
साफ च्याम्पियनसिपमा सहभागी सबै टोलीहरु विराटनगर पुगे !
५ औं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन ‘प्रचण्ड’ले गर्ने !