नेपालगञ्जमा पशुपतिले ‘लुट्न सके लुट कान्छा’ गाउँदा दर्शक यसरी झुमे, पशुपतिलाई हेर्न दर्शकको थामीनसक्नु भिड



२८ फागुन २०७५, काठमाडौँ

यतिबेला पशुपति शर्मा सबैभन्दा चर्चामा छन् । केहीसमय अघि उनको लुट सके लुट कान्छा बोलको गीत सार्वजनिक भएको थियो । जुन गीतका कारण पशुपति केही विवादित पनि बन्न पुगे । त्यहिकारण उनले युट्युबबाट पनि उक्त गीत हटाएका थिए । तरपछि दर्शकले नै उनको गीत युट्युबमा अपलोड गर्न माग गरेपछि उक्त गीत फेरि युट्युबमा राखिएको छ ।

पशुपतिका अधिकांश गीतलाई दर्शकले निकै मन पराउने गरेका छन् । उनको यो गीतलाई पनि दर्शकले निकै रुचाएका छन् । त्यतिमात्र नभएर आजभोली उनी जहाँ पुग्दा पनि दर्शकले उनलाई यो गीत गाउन माग गरिरहेका हुन्छन् । यस्तै पशुपति केहीदिन अघि नेपालगञ्ज महोत्सवमा पनि पुगेका थिए ।

त्यहाँ उनले आफ्ना थुप्रै गीतहरु गाएका थिए । जसमध्ये लुट्न सके लुट कान्छा बोलको गीतमा दर्शक सबैभन्दा धेरै रमाएका थिए । उनलाई हेर्नको लागि नेपालगञ्जमा दर्शकको निकै ठूलो भिड लागेको थियो । उनलाई हेर्ने दर्शकको भिड सम्हाल्न समेत गाह्रो भैरहेको थियो । पशुपतिले आफूले उक्त गीत व्यङ्गको लागि मात्र निकालेको कसैको विरोध गर्नको लागि होइन समेत भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्