प्रियंकासँगको विवाह रोक्न चाहन्थे निक, आफैँले गरे खुलासा



२८ फागुन २०७५, काठमाडौँ

यतिबेला बलिउडमा निकै चर्चामा रहेको जोडी हो प्रियंका चोपडा र निक जोनसको । यो जोडी बेला बेलामा चर्चामा आइरहेको हुन्छ । केहीदिन अघिमात्र निकले प्रियंकामाथि आफ्नो घरमा दुव्र्यवहार भएको बताएका थिए । जसको कारण बलिउड खुब तातिएको थियो । त्यस्तै अहिले फेरि निकको एक फेसबुकको स्टाटसलाई लिएर प्रियंका र निक चर्चामा आएका छन् ।

निकले केहीदिन अघि महिला दिवसको शुभकामना दिदैँ प्रियंकाको फोटो अपलोड गरेका थिए । उनले क्याप्सनमा प्रियंकालाई उनी धेरैको लागि आदर्श महिला भएको समेत बताएका थिए । जसका कारण उनले दर्शकको निकै गाली खाए । दर्शकले आफ्नो आमाको बारेमा नलेखेर आफ्नी पत्नीको बारेमा लखेको भन्दै उनलाई गाली समेत गरे ।

त्यस्तै निकले एक नयाँ कुराको खुलासा गरेका छन् । उनले विवाहमा आफूले सोच्दा पनि नसोचेको कुराहरु गनुृपरेकाले आफु इरिटेड भएको बताए । उनले त्यस समयमा धेरै रितिरिवाज निभाउनु परेकाले विवाह नै छोड्ने सोच समेत आएको बताए ।

प्रतिक्रिया दिनुहोस्