समुन्द्रको छेउमा आयुष्मानसँग रोमान्टिक बन्दै प्रियंका



२८ फागुन २०७५, काठमाडौँ

प्रियंका कार्की र आयुष्मान देशराज जोशी यतिबेला इन्डोनेशियामा छुट्टी मनाइरहेका छन् । आयुष्मान प्रियंकालाई दिएको बर्थडे गिफ्ट हो यो । यतिबेला इन्डोनेशियाका सुन्दर ठाउँमा आयुष्मान र प्रियंका एकअर्कासँग रोमान्स गरिरहेका छन् ।

प्रियंकाले आफ्नो र आयुष्मानको तस्बिर सामाजिक सञ्जालमा समेत पोष्ट गरेकी छिन् । उनले समुन्द्रको छेउमा आयुष्मानसँग हट तस्बिर खिचाउँदै रमाइलो मनाइरहेकी छिन् । त्यसमाथि उनले फेसबुकमा हालेको स्टाटसको त झन कुरै नगरौँ । उनले आयुष्मानलाई २ बर्षदेखि आफूलाई अथाह माया दिएकोमा धन्यवाद समेत दिएकी छिन् । अहिले सामाजिक सञ्जालमा यो जोडीको तस्बिर भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्