साफ महिला च्याम्पियनसिप : नेपालको सुखद् सुरुवात, नेपालले ३ गोल हान्दा भुटान रह्यो शून्यमै सिमीत !



२८ फाल्गुुन २०७५, काठमाडौं

पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले पाहुना टोली भुटानमाथि फराकिलो जित हात पारेको छ ।

विराटनगरस्थित शहीद रंगशालामा भएको खेलमा नेपालले भुटानविरुद्ध ३ गोल हान्दा भुटान भने शून्यमै सिमीत रह्यो ।

खेलको पहिलो हाफमै २ गोलको अग्रता लिएको नेपालले खेलको दोस्रो हाफमा १ गोल थप्दै ३ गोलको अग्रता कायम गर्न सक्यो ।

नेपालका लागि खेलको १२ औं मिनेटमा अञ्जली कुमारी योञ्जनले पहिलो खाता खोलिन् । त्यसैगरि खेलको १४ औं मिनेटमा सावित्रा भण्डारीले अर्को व्यक्तिगत गोल गर्दै नेपाललाई दोस्रो गोल दिलाईन् ।

यस समयमा भुटान भने, सुरक्षात्मक मात्र देखियो ।

त्यसैगरि नेपालका लागि कप्तान निशा थापाले खेलको ५४ औं मिनेटमा १ गोल थप्दै नेपाललाई भुटानसामु बलियो सावित गरिन् ।

यससँगै नेपालले पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपको राम्रो सुरुवात गरेको छ ।

यो पनि पढ्नुहोस् !

नेपाल झनै आक्रामक बन्दै, भुटानविरुद्ध ३ गोलको अग्रता !

 

नेपाल झनै आक्रामक बन्दै, खेलको पहिलो हाफमा नेपालको २–० को अग्रता !

 

साफ महिला च्याम्पियनसिप : खेल सुरु भएको १५ औं मिनेटमै नेपालले लियो २ गोलको अग्रता !

प्रतिक्रिया दिनुहोस्