महानगरले चासो नदेखाएपछि राजधानीको फोहर कलेजले उठाउँदै !



२८ फाल्गुन २०७५, काठमाडौं

राजधानीका अधिकांश स्थानहरु डङ्गुरमय देखिरहँदा ‘सनवे ईन्टरनेश्नल विजनेश स्कुल’ मैतीदेवीका विधार्थीहरुले सरसफाईमा समय खर्चिएका छन् ।

आज विद्यालयका विद्यार्थीहरुद्वारा मैनादेखि सेतोपुलस्थित खोला किनारसम्मको सडकमा थुप्रिएको फोहोर उठाएका छन् ।

सोही ठाँऊमा वर्षौदेखि थुप्रिएको फोहोर उठाउँन महानगरले चासो नदेखाएपछि आफुहरुले उठाएको एक विद्यार्थीले बताए ।

शिक्षक शिमोलि गौतमको संयोजकत्वमा भएको सरसफाईले फोहोरलाई कुहिने र नकुहिने छुट्टाछुट्टै गरि टिपेर त्यसलाई थप व्यवस्थापनसमेत गरिएको छ ।

यस कार्यले अरु महानगरलगायत कलेज, स्कुल तथा अन्य सर्वसाधारणलाईसमेत जनचेतना र सरसफाइ प्रति चूनौती दिएको एक विद्यार्थी शोम गुरुङको भनाई छ ।

वातावरण सफा राख्ने हामी सबैको दायित्व हुने भन्दै स्नातक तह कम्पुटर साइन्स पढिरहेका विधार्थीहरु फोहोर उठाउन लागि परेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्