एनओसी अध्यक्ष क्षेष्ठद्वारा एशियन अल्पाईन चिल्ड्रेन प्रतियोगिताका सहभागीलाई विदाई



२८ फागुन २०७५, काठमाडौं

नेपाल ओलम्पिक कमिटी, नेपाल स्की संघका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले कोरियामा हुने २८ औं एशियन अल्पाईन चिल्ड्रेन प्रतियोगितामा सहभागीता जनाउने खेलाडी तथा कोचहरुलाई विदाई गरेका छन् ।

कोरियन स्की संघले आयोजना गरेको प्रतियोगिता २०१९ मार्च १६एनओसी अध्यक्ष क्षेष्ठद्वारा एशियन अल्पाईन चिल्ड्रेन प्रतियोगिताका सहभागीलाई विदाई१७ गते कोरियाको अल्पेनसिया स्की रिसोर्ट, अन्पेनसिया, गान्गुन प्रोभिन्समा हुँदैछ ।

प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडीहरु दिनेश कुमार बोहरा, उमङ्ग रन्जित, लक्ष्मी राई, पलिशा बज्रचार्य लगायत कोच तथा टिम म्यानेजर प्रविन कर्माचार्य त्यसतर्फ प्रस्थान गरेका छन् ।

अध्यक्ष श्रेष्ठले  खेलाडीहरुलाई शान्ति तथा धैर्यका साथ खेल खेल्न र मौकाको सदुपयोग सही ढंगले गर्न सुझाव दिए ।

विदाई कार्यक्रममा नेपाल स्की संघका महासचिव विजय श्रेष्ठ, कोषध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव बसन्त राज कार्की तथा सदस्यहरुमा अर्जुन महर्जन र शान्त माया परियारको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्