कार्यकर्ताले नबुझेर स्वतन्त्र मधेशको नारा लगाए, हामी सम्झाउँछौं



२८ फागुन २०७५, काठमाडौं

नेपाल सरकारसँग ११ बुँदे सम्झौता गरेको दल ‘स्वतन्त्र मधेस गठबन्धन’का संगठन सचिव चन्दन सिंहले ११ बुँदे सम्झौता पालना गर्ने बताएका छन् ।

सिके राउत गृहनगर पुग्दा लागेको स्वतन्त्र मधेसको नारा, अलग राज्यको मागसहितको ब्यानरप्रति आफ्नो गठबन्धन संवेदनशील रहेको स्वीकार्दै सरकारसँगको वार्ताको सहजकर्ता समेत रहेका सिंहले भने, “हाम्रा हजारौँ, लाखौँ कार्यकर्ता छन् । सरकारसँगको सम्झौताबारे सबैलाई जानकारी पनि छैन । हामी सम्झाउँदैछौँ । संयमित तुल्याउँछौं । अनावश्यक शंका नगरौँ ।”

उनले ११ बुँदेप्रतिको इमान्दारितामा शंका नगर्न र पालना गर्न गठबन्धन पूर्णरूपमा तत्पर रहेको बाह्रखरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्