छाडा चौपाया समस्या बन्दैः महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने



२९ फागुन २०७५, काठमाडौं

काठमाडौँ महानगरपालिका छेउछाउका गाउँपालिका तथा नगरपालिका हुँदै काठमाडौँ महानगरका सडकमा आइपुग्ने छाडा चौपायालाई नियन्त्रण गर्न महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने भएको छ ।

चालु आर्थिक वर्षमा मात्र महानगरपालिकाले ९९ वटा गाईगोरु र बहर पक्रेर लिलाम गरेको थियो । लिलामबाट जम्मा दुई हजार सातसय रुपियाँ मात्र राजस्व उठेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।

छाडा गाईवस्तु पक्रनु, व्यवस्थापन गर्नु निकै खर्चिलो भए पनि लिलामबाट लागत पनि उठ्न सक्दैन । उपकरण जडान गरिएपछि महानगरका सडक अवरुद्ध गर्ने गरी आइपुगेका चौपायाको धनी को हो ?

सजिलै पत्तालगाइ दण्ड जरिवाना गर्न सकिने र यस्ता चौपायाको व्यवस्थापन सहज रुपमा हुने आशा महानगरपालिकाले गरेको छ ।
छाडा चौपायालाई संरक्षण गर्दै आएको स्नेहा केयर(नख्खु)का प्रमुख स्नेहा श्रेष्ठका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले यही फागुन २२ गते सडकका छाडा चौपायालाई अन्नपानी र दानाको व्यवस्था गरेर संरक्षण गर्नु भन्ने सरकारका नाममा परमादेश जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्