२९ फाल्गुन २०७५, काठमाडौं
पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा बुधबार भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै छ ।
खेल शहीद रंगशालामा दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ । चौंथो संस्करणसम्मको सबै उपाधी जित्ने भारतको अगाडी माल्दिभ्स खेल्दै छ ।
सन् २०१६ को एशियन गेम्समा भारतले माल्दिभ्ससँग खेलेको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको बलियो टोली भारतको प्रदर्शनलाई नेपाल र बंगलादेशले पनि महत्त्वका साथ हेर्नेछन् ।
यस पटकको प्रतियोगितामा नेपाल र बंगलादेशले भारतको दबदबालाई तोड्ने जनाएका छन् ।
यसअघि मंगलबार सम्पन्न खेलमा भने नेपालले भुटानलाई ३–०ले पराजित गरेको थियो ।
यो पनि पढ्नुहोस् !