‘सलमानको लागि २१ बर्षको उमेरमै परिवार त्यागेकी थिए’ : ऐश्वर्या राय



२९ फागुन २०७५, काठमाडौँ

सलमान खान र ऐश्वर्या राय बच्चन बलिउडका कुनै समयका निकै चर्चित जोडी हुन् । चलचित्र हम दिल दे चुके सनम बाट नजिकिएको सम्बन्ध धेरै समय भने टिक्न सकेन । यी दुई एकअर्काको गहिरो प्रेममा थिए । तर पछि मन नमिलेपछि यी दुईले एकअर्काबाट टाढिने निर्णय गरे ।

अहिले सलमान आफ्नो एक्लो जीवनमा रमाइरहेका छन् भने ऐश्वर्या एउटी असल आमा र श्रीमती भएर जीवन बिताइरहेकी छिन् । तर यी दुईको पुरानो प्रेमको चर्चा अहिले पनि बेला बेलामा बलिउडमा भैरहेको हुन्छ । अहिले पनि कतै यी दुईको अन्तवार्ता लिइएमा त्यहि पुरानो कुरालाई कोट््याइने गरिन्छ ।

त्यस्तै केहीसमय अघि ऐश्वर्यालाई सलमानसँगको सम्बन्धको बारेमा सोधिएको थियो । जहाँ ऐश्वर्याले आफूले सलमानको हरेक कुराहरु सहेको बताएकी छिन् । ऐश्वर्याले आफू सलमानलाई कुनै समयमा अत्याधिक माया गर्ने भएकाले उसले दिएको पिडालाई आफूले धेरै सहेको बताइन् ।

त्यतिमात्र नभएर आफूले सलमानले आफूलाई हातपात गरेको भएपनि आफ्नो सम्बन्ध बचाउन सलमानलाई निकै सम्झाउने कोशिस गरेको तर सलमानको बानी नसुध्रिएपछि आफू सलमानबाट टाढा भएको बताइन् ।

ऐश्वर्याले सलमानको लागि २१ बर्षको कलिलो उमेरमै परिवार छोडेर एक्लै अपार्टमेन्ट समेत लिएर बसेको बताइन् । उनले आफूलाई सलमानले धोका दिएपछि उ बाट टाढिएको बताइन् । तर ऐश्वर्या सलमानसँगको प्रेम छुट्नुलाई निकै राम्रो भएको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्