चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको ‘होली रे’ बोलको नयाँ गीत रिलिज (भिडियो)



२९ फागुन २०७५, काठमाडौँ

टंक बुढाथोकी अहिलेका सर्वाधिक व्यस्त र चर्चित गायक तथा संगीतकार हुन् । केहीसमय अघि उनले चौरीको चाम्रो छुर्पी गीत निकालेका थिए । जसले सर्वाधिक सफलता पाउन सफल भएको थियो । त्यस्तै टंक बुढाथोकीको नयाँ गीत सार्वजनिक भएको छ ।

उषा किरण अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत रहेको होली रे होेली बोलको गीतमा टंक बुढाथोकीकै आवाज रहेको छ । उक्त गीतमा टंक बुढाथोकी नै फिचर्ड छन् । निकै रमाइलो शैलीको गीतलाई विश्वले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्