‘डान्स प्लस ४ का’ फस्ट रनरअप सुजन मार्पा र ‘बुगीवुगी’ विजेता कविता नेपालीको नयाँ गीत रिलिज (भिडियो)



२९ फागुन २०७५, काठमाडौँ

सुजन मार्पाको चर्चा डान्स प्लस सिजन ४ बाट अझ हुन थालेको हो । उनी भारतको चर्चित डान्स रियालिटी शो डान्स प्लस सिजन ४ को फस्ट रनरअप बन्न सफल भएका थिए । अहिले उनी नेपालमै छन् । भर्खरै मात्र सुजनको नयाँ गीत सार्वजनिक भएको छ ।

मदन प्रधानको शब्द र विश्व अधिकारीको संगीत रहेको केवल कारैमा बोलको गीतमा कृष्ण भट्टराई र मिना निरौलाको आवाज रहेको छ । निकै डान्सिङ शैलीको गीतमा सुजन मार्पा र कविता नेपालीलाई फिचरिङ गराइएको छ । यी दुवै निकै नाम चलेका डान्सर हुन् । उक्त गीतको भिडियोलाई राजिव समरले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्