विवाहपछि पहिलो पटक मिडियामा बर्षा र सन्जोग, गरे यति रमाइलो कुराकानी (भिडियो)



२९ फागुन २०७५, काठमाडौँ

नायिका बर्षा राउतले करिब १ महिना अघि आफ्ना प्रेमी सन्जोग कोइरालासँग लगनगाठो कसेकी थिइन् । उनीहरुले करिब ७ बर्षसम्म प्रेममा रहेर विवाह गरेका हुन् । विवाहपछि पहिलो पटक बर्षा र सन्जोग एकसाथ मिडियामा आएका छन् । हालैमात्र सन्जोगको एक नयाँ चिया क्याफेको ओपनिङ भएको थियो । जसमा बर्षा पनि सन्जोगसँगै पुगेकी थिइन् ।

त्यससमयमा बर्षा र सन्जोगसँग निकै रमाइलो कुराकानी भएको थियो । सधैँ मिडियामा चुलबुले देखिने बर्षा विवाहपछि पहिलो अन्तवार्ता दिन सन्जोगसँग आउँदा साडीमा आएकी थिइन् । त्यतिमात्र नभएर उनी केही लजाएकी पनि थिइन् । उनले आफ्नो वैवाहिक जीवन निकै राम्रो चलिरहेको समेत बताइन् ।

बर्षा र सन्जोगले आफूहरु निकै खुसी भएको बताए । हनिमुनको बारेमा सोध्दा सन्जोगले केही समय आफू आफ्नो काममा व्यस्त भएको तर काम सकिएपछि पक्कै पनि बर्षालाई हनिमुनमा लाने बताएका छन् । साथै बच्चाको प्रश्न सोध्दा बर्षा र सन्जोग दुवैको हाँसो रोकिएको थिएन । जे होस लामो समयपछि मिडियामा एकसाथ देखिएका बर्षा र सन्जोगले निकै रमाइलो कुराकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्