३० फाल्गुन २०७५, काठमाडौं
स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।
नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न अन्तिम १६ अन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा कप्तान मेस्सीले २ गोल र २ गोलका असिस्ट गरेपछि फ्रेन्च क्लब लियोनलाई ५–१ ले हराउँदै बार्सिलोना अन्तिम आठमा प्रवेश गरेको हो ।
उसका लागि १७औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टी गोलबाट खाता खोलेका थिए । लियोनका खेलाडीले बार्सिलोनाका लुइस स्वारेजलाई बक्समा लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गरेका थिए ।
यससँगै बार्सिलोना प्रतियोगिताको अन्तिम आठमा पुगेको छ भने लियोन अन्तिम १६ बाटै आउट भएको छ ।