‘नेपाल आइडल’ की करिश्माले प्रदिपलाई जसिताकै अगाडी प्रपोज गरेपछि यस्तो बन्यो माहोल (भिडियो)



३० फागुन २०७५, काठमाडौँ

करिश्मा विष्ट नेपाल आइडल बाट चिनिएकी हुन् । उनले नेपाल आइडल सिजन २ मा आएर र्याप गीत गाएकी थिइन् । जसले उनलाई निकै चर्चाको शिखरमा पुर्याएको थियो । अहिले पनि करिश्माको गीत दर्शकको मुखमा झुण्डिरहेको हुन्छ ।

करिश्माले दुई तिनवटा गीत पनिल रेकर्ड गराइसकेकी छिन् । करिश्माले सधैँभरि आफू प्रदिप खड्काको डाइहार्ट फ्यान भएको बताउँदै आएकी छिन् । उनले आफूलाई प्रदिपसँग भेट्न निकै इच्छा भएको पनि बताउँदै आएकी छिन् । नभन्दै उनको सपना पुरा भएको छ । उनले आफ्नो सबैभन्दा मनपर्ने अभिनेता प्रदिपलाई भेटेकी छिन् ।

प्रदिपलाई भेट्दा करिश्मा निकै खुसी भएकी थिइन् । उनले प्रदिपको लागि गीत पनि गाएकी थिइन् । प्रदिपले पनि करिश्मालाई निकै माया गरेका थिए । उनले करिश्माको लागि गीत पनि गाए र उनीसँग फोटो पनि खिचे । आफूलाई मन परेको नायकसँग भेट्दा करिश्माको खुसीको सिमा नै थिएन ।

प्रतिक्रिया दिनुहोस्