हरेक दिन श्रीकृष्णलाई पूजा गर्छिन् स्वेता (भिडियो)



३० फागुन २०७५, काठमाडौँ

स्वेता खड्का नेपालकी निकै चर्चित नायिका हुन् । उनले चलचित्र कहाँ भेटिएला बाट नेपाली रजतपटमा पाइला चालेकी हुन् । त्यतिमात्र नभएर उनी स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी श्रीमती पनि हुन् । अहिले उनी सामाजिक कार्यमा पनि निकै अघि बढिरहेकी छिन् ।

श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको १ महिना पनि नबित्दै उनले श्रीकृष्णलाई गुमाउन पुगेकी छिन् । अहिले पनि कतै श्री को कुरा गर्दा उनको अाँखा रसाइहाल्छ । उनी अहिले पनि श्रीकृष्णको यादमा एक्लो जीवन बिताइरहेकी छिन् । अहिले उनलाई जतिबेला पनि विवाहको बारेमा सोधिन्छ । तर स्वेताले आफूले अहिले नै केही भन्न नसक्ने बताइन् ।

स्वेता आफूलाई सिंगल नै खुसी भएको बताउँदै आएकी छिन् । उनी लामो समपछि मिडियामा आएकी छिन् । जहाँ उनलाई श्री को बारेमा पनि सोधिएको थियो । उनले श्रीकृष्णको निधनपछि २ बर्षसम्म आफू पागल जस्तो भएको बताइन् । उनले आफूलाई त्यस समय सम्हाल्न निकै गाह्रो भएको तर अहिले भने आफूलाई खुसी बनाउन कोशिस गरिरहेको बताइन् ।

स्वेतालाई अझैपनि श्रीकृष्णलाई सम्झनुहुन्छ भन्ने प्रश्न गरिएको थियो । जहाँ उनले आफूले हरेक दिन श्रीकृष्णको पूजा गर्ने गरेको बताइन् । उनले आफ्नो लागि श्रीकृष्ण भगवान् जस्तै हुनु भएको बताइन् । स्वेता चाडैँ नै चलचित्रमा आउँदै छिन् । केही समय अघि उनको कान्छी चलचित्र प्रदर्शनमा आएको थियो । जसलाई दर्शकले निकै माया गरे ।

प्रतिक्रिया दिनुहोस्