समुन्द्रको किनारमा देखियो प्रियंकाको बोल्ड लुक्स, तस्बिर बन्यो भाइरल (फोटो सहित )



३० फागुन २०७५, काठमाडौँ

नायिका प्रियंका कार्की यतिबेला इण्डोनेशियामा आफ्ना प्रेमी आयुष्मानसँग होलिडे मनाइरहेकी छिन् । उनलाई इण्डोनेशियाको होलिडे ट्रिप आयुष्मानले प्रियंकाको बर्थडेको गिफ्ट स्वरुप दिएका हुन् ।

प्रियंका र आयुष्मान यतिबेला इण्डोनेशियाका रमाइला ठाउँमा घुमघाम गरिरहेका छन् । त्यस्तै आफ्ना हरेक तस्बिरहरु प्रियंकाले सामाजिक सञ्जालमा पनि सेयर गरिरहेकी छिन् । भर्खरै मात्र प्रियंकालाई इन्ष्टाग्राममा केही तस्बिरहरु हालेकी छिन् । जहाँ उनलाई समुन्द्रको किनारमा रमाइरहेको देख्न सकिन्छ ।

प्रियंकाले आफ्ना निकै हट तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनलाई निकै खुसी पनि देख्न सकिन्छ । उनले विकीनी लगाएको तस्बिर हाल्दा दर्शकबाट मिश्रित कमेन्ट पाइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्