पुरा नहुने भयो अनमोलको नम्रतासाथ काम गर्ने सपना, ‘मेरो एउटा साथी छ २’ मा छैन अनमोललाई स्थान



३० फागुन २०७५, काठमाडौँ

नायक अनमोल केसी अहिलेका निकै चर्चित र व्यस्त नायक हुन् । अझ आजभोली त उनलाई मेघास्टारको समेत ट्याग दिन थालिएको छ । त्यस्तै यतिबेला देशव्यापी रुपमा उनको चलचित्र क्याप्टेन प्रदर्शन भैरहेको छ । सबैले चलचित्र क्याप्टेन लाई लिएर सकरात्मक प्रतिक्रिया दिएका छन् ।

केहीदिन अघि उनीसँगै चलचित्र क्याप्टेन हेर्न नायिका नम्रता श्रेष्ठ पनि पुगेकी थिइन् । यतिबेला उनी चलचित्र मेरो एउटा साथी छ २ बन्ने कुराले चर्चामा छिन् । तर चलचित्रमा नायिका नम्रता नै हुन्छिन् भन्ने पनि छैन । त्यस्तै पत्रकारले तपाईलाई अफर गरेको खण्डमा चलचित्र मेरो एउटा साथी छ २ मा काम गर्नुहुन्छ भन्ने प्रश्न गरिएको थियो । जहाँ अनमोलले चलचित्रमा नम्रता श्रेष्ठ नायिका हुने हो भने सिधैँ खेल्छु भनेका थिए ।

अनमोलको नम्रतासँग काम गर्ने सपना टुटेको छ । किनकी चलचित्र मेरो एउटा साथी छ २ मा अनमोलको नाम कतैपनि नभएको चलचित्रलाई निर्देशन गर्न लागेका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । उनले अहिलेसम्म चलचित्रमा कोहीपनि कलाकार फाइनल नभएको र अनमोल चलचित्रमा हुने सम्भावना कत्तिपनि नभएको जानकारी दिएका छन् । यसरी हेर्दा अनमोल चलचित्र मेरो एउटा साथी छ २ मा नदेखिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्