२० बर्षपछि भेटिए राजेश हमालका आमा बुबा, सुकुम्बासी भयौँ भन्दै भक्कानिएर रोए (भिडियो)



३० फागुन २०७५, काठमाडौँ

राजेश हमाल नेपालका निकै चर्चित र व्यस्त अभिनेता हुन् । त्यतिमात्र नभएर उनलाई नेपाली चलचित्र क्षेत्रमा महानायकको नामले पनि चिनिन्छ । राजेश हमाल यतिबेला आफ्नो गाउँ पुगेका छन् । जुन कुरा सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

राजेश हमालले करिब २० बर्षपछि आफ्ना आमाबुबालाई भेटेका छन् । वास्तवमा राजेशले आफूलाई जन्मदिने नभएर आफूलाई हुर्काउने आमा बुबालाई २० बर्षपछि भेटेका हुन् । २० बर्षपछि राजेश हमाललाई भेट्दा राजेशलाई कर्म दिने आमा बुबा निकै खुसी भएका थिए ।

त्यतिमात्र नभएर राजेशलाई देख्दा ती आमाबुबा रोएका समेत थिए । राजेशका आमाबुबाले आफूले राजेशलाई सानोमा काखमा राखेर हुर्काएको तर अहिले उ निकै ठूलो भएको देख्दा उनीहरुले आफूलाई खुसी लाग्ने बताए । राजेशले पनि आफ्ना आमा बुबालाई निकै सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्