आज धुर्मुस सुन्तलीकी छोरीको जन्मदिन, छोरीको जन्मदिनमा क्रिकेट रंगशालाको लागि गरे १ लाख सहयोग



३० फागुन २०७५, काठमाडौँ

धुर्मुस सुन्तली अहिले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि निरन्तर जुटिरहेका छन् । त्यसैको लागि अहिले उनीहरुलाई देश तथा विदेशबाट सहयोग पनि आइरहेको छ ।

आज धुर्मुस सुन्तलीकी छोरी सुबिहानी कट्टेलको जन्मदिन रहेको छ । आज आफ्नी छोरीको जन्मदिन परेकाले धुर्मुस सुन्तलीले छोरीको जन्मदिनको अवसरमा क्रिकेट रंगशाला बनाउनको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

धुर्मुस सुन्तलीले छोरीको लागि कुनै पार्टी नराखी आफूहरुले उसको नाममा भनेर सहयोग रकम हस्तान्तरण गरेका बताएका छन् । हुन त क्रिकेट रंगशाला निर्माणमा धुर्मुस सुन्तली नै अग्रसर रहेका छन् । हाम्रो तर्फबाट पनि धुर्मुस सुन्तलीकी छोरीलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्