चर्चित बलिउड अभिनेता वरुण धवन विवाह गर्दै, माल्दिभ्समा गर्न चाहन्छन् विवाह



३० फागुन २०७५, काठमाडौँ

वरुण धवन बलिउडका निकै चर्चित अभिनेता हुन् । उनी अहिले एकपछि अर्को चलचित्रमा निरन्तर व्यस्त छन् । त्यसबाहेक अहिले उनको चर्चा उनको अफेयरका कारण पनि चलिरहेको छ । वरुण अहिले नताशाको प्रेममा छन् ।

केहीसमय देखि यी दुईको विवाह हुने कुरा बलिउडमा आएको थियो । नभन्दै यी दुईले यो बर्षको अन्त्यतिर विवाह गर्ने भएका छन् । त्यस्तै वरुण र नताशाले आफ्नो विवाहको स्थान पनि रोजिसकेका छन् । यी दुईले आफ्नो विवाह माल्दिभ्समा गर्ने इच्छा भएको बताएका छन् ।

यी दुईको प्रेममा यिनलाई परिवारको पनि उत्तकै सपोर्ट मिलेको छ । तर वरुणका पिता डेबिट धवन भने वरुणको विवाह भारतमै गर्ने सोचमा छन् । अहिलेसम्म विवाह कहाँ हुने भन्ने टुगों भने लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्